१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

विद्यार्थी लुट्ने कन्सलटेन्सीविरूद्ध सरकारले कारबाही नगरे अदालत जाने प्रा डा संग्राैलाको चेतावनी

२१ फागुन, काठमाडाैँ । कानुनका ज्ञाता पूर्व महान्यायाधीवक्ता प्रा डा युवराज संग्राैलाले नेपाली विद्यार्थी लुट्ने कन्सलटेन्सीहरूलाई कारबाही नगरे कानुनी लडाइँका लागि अदालत जाने चेतावनी दिएका छन । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा कन्सल्टेन्सीहरूको ठगीका सम्बन्धमा टिप्पणी गर्दै संग्राैलाले ठगीमा संलग्नहरू माथि सरकारले तत्काल छानबिन गरेर एजेन्टहरुलाई कारबाही नगरे अदालत जाने बताएका छन ।

केही साता अघि झण्डै एक हजार २ सय विद्यार्थी विभिन्न कन्सलटेन्सीबाट लुटिएर अस्ट्रेलियामा अलपत्र परेको समाचार सार्वजनिक भएको थियो । लगत्तै शिक्षा मन्त्रालयले एउटा छानविन समिति गठन गरेपनि ठगीमा संलग्नहरू सत्तारूढ राजनीतिक दलको निकटका रहेका र तीनलाई जोगाउने नाममा अनेक प्रपञ्च रचिएको समयमा पूर्वमहान्यायाधीवक्ता संग्राैलाले यस्तो चेतावनी दिएका हुन ।

अस्ट्रेलियाको सिड्नी र ब्रिसबनमा सञ्चालित अस्ट्रेलियन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी)मा शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिएर नर्सिङ पढाउने अनुमति नै नभएको कलेजमा नर्सिङ पढ्नका लागि गइ अस्ट्रेलियामा अलपत्र भएका  विद्यार्थीलाइ न्याया दिनुपर्नेमा उनले जोड दिएका छन । २० लाख भन्दा बढी शुल्क लिएर त्यस्ता अवैधानिक कलेजमा विद्यार्थी पठाउने कंगारू, डल्फिन, काठमाडौँ इन्फोसिस, अल्फविटा, एक्सपर्ट, मर्सी लगायत उक्त कलेजमा विद्यार्थी पठाउने अन्य कन्सलटेन्सीहरूलाई सरकारले कारबाही नगरे अदालत जाने संकेत संग्राैलाले गरेका हुन ।

संग्राैलाले फेसबुकमा यस्तो लेखेका छन ।

बर्षेनि ४० देखि ४५ हजार नेपालि बिद्यार्थी पढने नाममा बेदेशिंदै छन। उनीहरुमध्य निकै ठूलो संख्यामा परामर्शदाता एजेन्टहरुको ठगिका सिकार बनेका छ्न। अरबौं नेपालि राजस्व बिदेशीएको छ। यस ठगीका कारणमा स्वयं बाबुआमाको झुठो सान पनि एउटा कारण बनेको छ।
१. खासगरि यस्ता परामर्शदता एजेन्टहरु अतेन्त राम्रा अफिस राखेर बसेका छ्न। बिदेशी ठग सङ्ग उनिहरुको सम्बन्ध छ। झुट्टा संस्था सङ्ग यिनिहरु जोडिएका छ्न। उनिहरुलाई थाहा छ कि उनीहरुले पढन भनी पठाएका बिद्यार्थी भर्ना भएका सस्था नक्कलि वा गैरकानुनी हुन। तर उनीहरुलाई के पनि थाह छ भने यसरि जानेहरु एक पट्क गए पछि फर्कन चाहांदैनन।
२. यस्कै फाइदा उठाएर उनीहरुले हजारौं बिद्यार्थी अस्ट्रेलिया लगाएतका देशमा पठाएका छ्न। भारतका दक्षिणी शहरमा पनि अनगिन्ती बिद्यार्थी पठाएका छ्न।
३. यो ठगिको धन्दा गर्नेहरुले राजनीति दलहरू सङ्ग पनि राम्रो संबन्ध बनाएका छ्न।
४. अहिले सयौं बिद्यार्थी अस्ट्रेलियामा अभर परेका छ्न। सरकारले तत्काल छानबिन गरोस र एजेन्टहरुलाई कारबाही गरोस।
५. अन्यथा यस्को कार्बाहीका लागि अदालतको सहयोग लिने बाध्य हुनु पर्ने अवस्था आउने छ।

प्रकाशित मिति : March 5, 2019 at 8:39 am