आइसीएफसी फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मणप्रसाद जैसी नियुक्त
२ मंसिर, काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन् । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको ३८०औं बैठकले कम्पनीमा नायब महाप्रबन्धकको रूपमा कार्यरत जैसीलाई डीसीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आजै मंसिर २ गतेदेखि लागू हुने गरी नायब नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा नियुक्त गरिएको हाे ।
प्रकाशित मिति : November 18, 2026 at 12:47 pm













