काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने सुमनाको घोषणा
२ मंसिर, काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा सामाजिक सञ्जालमार्फत गरेकी हुन् । उनले अहिले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् वा स्वतन्त्र भन्ने खुलाएकी छैनिन् ।

श्रेष्ठले फेसबुकमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’
प्रकाशित मिति : November 18, 2026 at 12:34 pm













