३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

मन्त्री महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको काठमाडौँको कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ । मन्त्री पुनले केन्द्रबाट कम्प्युटर चोरी भएको जानकारी दिएका छन ।

बुधबार बिहानै आफ्नो सामाजिक सञ्जालमा भिडियो राख्दै पुनले चोरीको जानकारी दिएर चोर पहिचानमा सहयोग गर्न अपिल गरेका छन । बुधबार बिहान उज्यालो हुनुअघि एक युवा झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको सीसीटीभीमा देखिएको छ ।

मन्त्री पुनले चोरीको घटना केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको भिडियो सार्वजनिक गर्दै उक्त व्यक्तिलाई चिन्नेले ९८४१५९२३६१ नम्बरमा खबर गरिदिन आग्रह गरेका छन्। उनले घटनाबारे प्रहरीमा रिपोर्ट गरिसकिएको पनि बताएका छन ।

प्रकाशित मिति : November 18, 2026 at 7:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/