२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

राष्ट्रिय कर दिवसमा भाटभटेनीले पायो सरकारको विशेष सम्मान

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडाैँ ।  सरकारले भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई विशेष सम्मान प्रदान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनी सुपरमार्केटलाई सम्मान गरेका हुन् । भाटभटेनीका तर्फबाट मीनबहादुर गुरुङकी श्रीमती साबित्रा गुरुङले उक्त कदरपत्र ग्रहण गरेकी थिइन् ।

व्यवसाय सञ्चालनका क्रममा विभिन्न चुनौती र प्रतिकूल अवस्था आए पनि सेवा प्रवाहलाई निरन्तरता दिएको, सरकारलाई राजस्व बुझाउन महत्त्वपूर्ण योगदान पुर्याएको तथा रोजगारी सिर्जनामा भूमिका खेलेको भन्दै सरकारले भाटभटेनीलाई विशेष सम्मान गरेको हो ।

प्रकाशित मिति : November 17, 2026 at 1:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/