परिवर्तित सन्दर्भ अनुरुप नयाँ सुरक्षा नीतिको मस्याैदाः उपप्रधानमन्त्री पोखरेल (भिडियोसहित)
२० फागुन, काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नयाँ सुरक्षा नीतिको मस्याैदा परिवर्तित सन्दर्भ अनुरुप भएको बताएका छन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सुरक्षा नीति, २०७३ मा गर्नुपर्ने परिमार्जनसहितको प्रतिवेदन बुझाउँदै उपप्रधानमन्त्री पोखरेलले नेपालको संविधानको मर्म र भावना तथा संविधानका निर्देशक नीतिहरुलाई मुख्य आधार मानेर मस्यौदा तर्जुमा गरिएको बताए ।

प्रतिवेदनको बारेमा छोटो ब्रिफिङ गरेर उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए । राष्ट्रिय सुरक्षा परिषदले गत असोज १ गते सुरक्षा नीति परिमार्जनको आवश्यकता महसुस गर्दै असोज ५ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा ७ सदस्यीय ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन समिति’ गठन गरेको थियो ।
यो पनि पढ्नुहोस्
–राष्ट्रिय सुरक्षा नीतिको प्रतिवेदन बुझ्दै ओलीले भने ‘सुरक्षाको सवैभन्दा बलियो किल्ला जनता हुन’

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार २०:२५












