यी हुन् १ लाख जित्ने १५ जना, तपाईं पनि पर्नुभयो ?
१ मंसिर, काठमाडौं । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत कात्तिक महिनाको दोस्रो १५ दिनका विजेताहरू सार्वजनिक भएका छन् ।आन्तरिक राजश्व विभागमार्फत कात्तिक १५ देखि ३० गतेसम्म आधिकारिक बिजक (बिल) लिएर खरिद गर्ने १५ जना दैनिक विजेता र एक जना बम्पर उपहार विजेताको घोषणा गरिएको हो ।

लक्की ड्रमार्फत छानिएका १५ जना दैनिक विजेताले जनही १ लाखका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै, भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले १० लाख पुरस्कार जितेका छन् ।

प्रकाशित मिति : November 17, 2026 at 10:29 am










