रविन्द्र अधिकारीकाे परिवारलाई एलआइसीद्वारा मृत्यु दाबी रकम भुक्तानी
२० फागुन, पाेखरा । ताप्लेजुङमा हेलिकप्टर दृर्घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीको परिवारजनलाई बिमाको मृत्यु दाबी रकम एलअाइसीले भुक्तानी गरेको छ । अधिकारीकाे दुर्घटनामा मृत्यु भएपछि एलआइसी नेपालको एक टिमले कम्पनिको नियम अनुसार १२ लाख ६९ हजार ५ सय रुपैया बराबरको चेक उनकी धर्मपत्नी बिद्या भट्टराईलाई पोखराका शाखा प्रमुख गिरीराज घिमिरेले हस्तान्तरण गरेका हुन् ।

जिवन बिमा अभिकर्ता रघुनाथ भण्डारी मार्फत मन्त्री अधिकारीले ८ बर्ष अघि ५ लाखको जिवन आनन्द नामको बिमा गरेको कम्पनीले जनाएको छ । जिवन बिमा धारकको असामाहिक निधन वा दुर्घटनाबाट मृत्यु भएकोले बिमाको कानुनि व्यबस्था अनुसार ५ लाखको बिमामा दुर्घटना ५ लाखकै हालसम्मको बोनस गरी उक्त रकम हस्तान्तरण गरिएको एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले बताएकाछन् ।
कम्पनीले भूकम्पको समयमा पनि बिमा गर्ने व्यक्तिहरुका आफन्तलाई मृत्यु दाबी रकम छोटो समयमै उपलब्ध गराएको थियो भने मन्त्री अधिकारीको समयमा समेत मृत्यु दाबी रकम छिटो उपलब्ध गराएको कम्पनीको दाबी छ।
कार्यक्रममा मन्त्री अधिकारीको निधनको घटना प्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिएको एजेन्सि म्यानेजर गोविन्द खड्काले बताए । मन्त्री अधिकारीको भोलि मंगलबार ७ दिनमा किरियाकर्म सकिने भएको छ । भोलि सुद्धासुद्धि हुने भएको आफन्तले जनाएका छन्
प्रकाशित मिति : March 4, 2019 at 6:10 pm









