३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

एसियन लाइफ इन्स्योरेन्सको खुद नाफा १५ करोड २५ लाख

२९ कात्तिक, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश सूचकमा सुधार गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १६ करोड १३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा १५ करोड २५ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल बिमाशुल्क २२.१६ प्रतिशतले वृद्धि भई २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ पुगेको छ । खुद बिमाशुल्क २१.३८ प्रतिशतले बढेर २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल बिमाशुल्क २ अर्ब ३२ करोड ३३ लाख र खुद बिमाशुल्क २ अर्ब २८ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ छ । कम्पनीको महाविपत्ति कोषमा ३४ करोड ५० लाख रुपैयाँ, सञ्चित नाफामा ६७ करोड ३ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको जीवन बिमा कोष ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२३.०३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.४७ गुणा रहेको छ ।

प्रकाशित मिति : November 15, 2026 at 12:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/