३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

साहस ऊर्जाको नाफा ५९ करोड ९१ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

२९ कात्तिक, काठमाडौं । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ करोड ९१ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २१.०६ प्रतिशतले बढेको हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ४९ करोड ४८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ९५ करोड ३८ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा विद्युत् बिक्री आम्दानी ९२ करोड ४६ लाख ३६ हजार रुपैयाँ थियो। यसअनुसार कम्पनीको विद्युत् बिक्री आम्दानी करिब ३.१५ प्रतिशतले बढेको छ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ। त्यस्तै जगेडा तथा सञ्चित मुनाफा कोषमा ४ अर्ब २८ करोड ५ लाख रुपैयाँ सञ्चित रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात १३.३६ गुणा कायम भएको छ।

प्रकाशित मिति : November 15, 2026 at 12:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/