शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरू घाइते
२० फागुन, काठमाडौँ । आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत शिक्षक र प्रहरीबीच बानेश्वर क्षेत्रमा झडप भएकाे छ । झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले रोक्न खोजेपछि प्रहरी र शिक्षकहरुबीच झडप भएको हो ।

प्रहरीसँगको झडपमा केही शिक्षक घाइते भएका छन् । मुलुकभरका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमासमेत ४० हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत रहेको बताइएको छ । यसअघि सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरबन्दी सिर्जना गरेर राहत कोटामा शिक्षक नियुक्त गरेको थियो ।

तिनै शिक्षकले आफूहरुलाई स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु आन्दोलनरत छन् ।
प्रकाशित मिति : March 4, 2019 at 5:13 pm









