२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

९३ शाखा अधिकृत नियुक्तिका लागि सिफारिस (सूचीसहित)

२२ कात्तिक, काठमाडौं । लोक सेवा आयोगले नेपाल प्रशासन तथा संघीय संसद सेवा अन्तर्गतका ९३ जना शाखा अधिकृत वा सोसरह पदका लागि उम्मेदवार सिफारिस गरेको छ।

आयोगको अन्तर्वार्ता तथा सिफारिस महाशाखाले जारी गरेको सूचनाअनुसार आयोगको विज्ञापन नम्बर १६६०९/०८२–८३ (खुला) अन्तर्गत नेपाल प्रशासन/संघीय संसद सेवा, सामान्य प्रशासन/राजस्व/सामान्य प्रशासन (सं.स.) समूह, राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सोसरह पदका लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारमध्ये योग्यताक्रमका आधारमा सिफारिस गरिएको हो।

उक्त विज्ञापनमा ९३ पदका लागि १२६ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका थिए । उनीहरूको अन्तर्वार्ता, लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण तथा अन्तर्वार्तासहितको कुल प्राप्ताङ्कका आधारमा आयोगले योग्यताक्रम निर्धारण गरेको जनाएको छ।

dainiki.com

आयोगले कायम गरेको योग्यताक्रमका आधारमा स्थायी नियुक्तिका लागि नेपाल प्रशासन सेवातर्फका उम्मेदवारलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा संघीय संसद सेवातर्फका उम्मेदवारलाई संघीय संसद सचिवालयमा सिफारिस गरिएको छ।

आयोगले सिफारिसमा परेका उम्मेदवारहरूको नाम, रोल नम्बर, ठेगाना, बाबु–आमाको नाम, बाजेको नाम तथा सिफारिस गरिएको सेवा/समूहसहितको विवरण सार्वजनिक गरेको छ।

आयोगका अनुसार अन्तर्वार्ता २०८३ कात्तिक १२ देखि १८ गतेसम्म सञ्चालन गरिएको थियो। सोही प्रक्रियाबाट प्राप्त कुल प्राप्ताङ्कका आधारमा सिफारिस योग्यताक्रम कायम गरी २०८३ कात्तिक २३ गते निर्णय गरिएको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : November 8, 2026 at 12:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/