१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

गल्छी–केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ढिलाइ, आयोजना प्रमुखको नियतमै समस्या

२० फागुन, रसुवा । राजमार्ग निर्माण भएको ११ महीना बित्न लाग्दा पनि धादिङको गल्छीदेखि त्रिशूली, मैलुङ स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फको अन्तर्राष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनबीच दुई देशको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्ने उद्देश्यले नेपाली सेनामार्फत गत वर्ष निर्माण भएको मैलुङ–स्याफ्रुबँेसी खण्डको १७ किलोमिटर दोहोरो लेन सडकको नयाँ ट्रयाक खोलिए पनि अहिलेसम्म सञ्चालनमा नल्याई राज्यको लगानीमा सडक प्राविधिकले बेवस्ता गरी बसेकाले यस्ता प्राविधिकलाई सरकारको कडा निर्देशन दिन आवश्यक देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

उक्त राजमार्गको सडक नेपाली सेनाद्वारा सरकारले तोकेको २० महीनाको समयावधिभित्रै २०७५ साल वैशाख ६ गते एक विशेष कार्यक्रमका बीच सडक विभागलाई हस्तान्तरण गरिएको थियो । तत्कालीन समयमा सुरक्षा जाँच चौकीको अभावमा यातायात चलाउन रोक लागि वर्षायामको पहिरोले अधिकांश भाग क्षति पु¥याएको र गल्छीदेखि नै त्रिशूली नदी किनारको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं कालोपत्रे टेवा पर्खाल लगाई दिगो व्यवस्थापन गर्ने कार्य नीतिअनुरूप नयाँ ट्र्याक खोलिएको मैलुङ सडकको डिपिआरसहित बोलपत्र प्रक्रिया अगाडि बढी रहेकाले नीतिगत रूपमा काम गर्न केही ढिलाइ भएको गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाका आयोजना प्रमुख सुवोध देवकोटाले जानकारी दिए ।

फाइल तस्बीर ।

गल्छीदेखि त्रिशूली, बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँयीतर्फको सञ्चालित १०५ किमी राजमार्गभन्दा गल्छी, त्रिशूली, बेत्रावती मैलुङ–स्याफ्रुबेसीबाट रसुवागढीसम्म ८३ किलोमिटरको छोटो दूरी भएको र धुम्तीमोड कमी भएका कारण सवारीसाधन गुडाउन सहज भएकाले छिटोभन्दा छिटो मैलुङतर्फको राजमार्ग सञ्चालन गरी दिन नेपाल–केरूङ ओहरदोहोर गर्ने मालवाहक सवारी साधनका चालकले आग्रह गरेका छन् ।

स्थानीय राजनीतिक दलका अनुसार नेपाली कांग्रेसको म्याण्डेट लिएर बसेका अायोजना प्रमुख देवकोटाको नियतमै समस्या रहेको छ । उनले जसरी हुन्छ विभिन्न बहानादेखाएर सडकको काममा ढिलासुस्ती गराउने गरेका छन । ठेकेदारको इच्छामा छानिएका देवकोटालाइ कांग्रेसले सडकको काममा ढिला सुस्ती गर्नकै लागि पठाएको नेकपाका नेताहरूको अारोप छ । कानुन अनुसार ट्रेड युनियनको पदाधिकारी रहेको कर्मचारी अायोजना प्रमुख बन्न नपाउनेमा देवकोटा नियम विपरित बसिरहेका छन । देवकोटा कांग्रेस निकट ट्रेड युनियनका अध्यक्ष हुन भने निजामति कर्मचारीहरूको अाधिकारिक ट्रेड युनियनको महासचिव हुन । राष्ट्रिय समाचार समिति (रासस)को सहयोगमा तयार पारिएको समाचार । 

प्रकाशित मिति : March 4, 2019 at 2:17 pm