७५ प्रतिशतले बढ्यो कलंगा हाइड्रोको नाफा, प्रतिसेयर आम्दानी कति ?
१७ कात्तिक, काठमाडाैँ । कलंगा हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य बढाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म खुद नाफा ६ करोड ७३ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको समान अवधिमा यस्तो नाफा ३ करोड ८४ लाख ८९ हजार रुपैयाँ थियो। यस आधारमा कम्पनीको नाफा ७४.९८ प्रतिशत बढेको छ।
सञ्चालन आम्दानी भने ३.२५ प्रतिशत मात्र बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १५ करोड ९६ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु वर्ष १६ करोड ४७ लाख ८६ हजार रुपैयाँ पुगेको हो। पहिलो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने सञ्चित कोषमा ९ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको कुल सम्पत्ति ४ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । दीर्घकालीन कर्जा २ अर्ब ७७ करोड ७२ लाख रुपैयाँ र चालु दायित्व ५ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा र वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ६७ पैसा रहेको कम्पनीको सेयरको बजार मूल्य ४९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०३.३१ गुणा रहेको छ ।
प्रकाशित मिति : November 3, 2026 at 10:26 am








