१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

प्राईम कमर्सियल बैंकले दोलखामा वित्तिय साक्षरता फैलाउँदै

२० फागुन, काठमाडौं  । राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठकाे उपस्थितिमा प्राइम कमर्सियल बैंकले दोलखामा वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठले समसामयिक बैंकिङ्ग अबस्था, चुनौती, समाधानका उपाय एवं अबसरका बारेमा स्पष्ट पारे ।

प्रदेश नं. ३ दोलखाको जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ र प्राइम कमर्सियल बैंकको संयुक्त आयोजनामा नगरपालिका कर्मचारी र उद्योग बाणिज्य संघका सदस्यहरुलाई बित्तिय साक्षरता प्रदान गरिएको हो । उक्त कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरी उद्योग बाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पा लगायत समाजका अन्य ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार १३:२४