१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो

१३ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार नेप्सेमा सामान्य अंकको गिरावट भएकाे छ। शुक्रबार नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा झरेको छ।  नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ८ अर्ब ८९ करोड १५ लाख ७४ हजार रुपैयाँबराबरको २ करोड २८ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। शुक्रबार १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

बेनी हाइड्रोपावरको सेयरमा यस दिन पनि सकारात्मक सर्किट लागेकाे छ। यस दिन सो कम्पनीको सेयरमूल्य ९२ रुपैयाँ ५० पैसा बढेर ७०९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ४.०८ प्रतिशत घटेको छ।

यस दिन लुम्बिनी विकास बैंकको सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन ३८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।  १३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : October 30, 2026 at 3:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/