तस्बीरमा हेर्नुहोस् बृद्धबृद्धालाई खुशी बाँड्ने पूर्व अर्थमन्त्री भरतमोहनको अन्तिम बिदाइ
१९ फागुन, काठमाडाैँ । प्रथम जनिर्वाचित कम्युनिष्ट सरकारका लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारीको अाइतबार अन्त्येष्टि गरिएको छ । पशुपति अार्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अधिकारीलाई उनका ३ छोरीले दागबत्ति दिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले अन्त्येष्टिअघि राष्ट्रिय झण्डा ओढाएका थिए ।

अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिअघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । ८२ वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका अधिकारी वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । दिवंगत नेता अधिकारीका श्रीमती र तीन छोरी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार २०:२६












