१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

उदयपुरमा जिप दुर्घटना हुँदा १५ जना घाइते

९ कात्तिक, काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। प्र.३–०१–०२३ च ६५०६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि कटारी अस्पताल पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : October 26, 2026 at 1:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/