१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

छुट्ला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

९ कात्तिक, काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

दुवै कम्पनीले आगामी वार्षिक साधारणसभाका लागि भोलि कात्तिक १० गते बुक क्लोज गर्दैछन् । यसकाे अर्थ आजसम्म कायम नेप्सेमा काराेबार भइ सेयरधनीहरुले मात्र यी कम्पनीहरुले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन सक्नेछन्।

माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८२/८३ का लागि चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले कात्तिक २० गते काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा  तेह्रौँ वार्षिक साधारणसभा बस्नेछ। सभाले लाभांश प्रस्ताव पारित गर्नुका साथै वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा पाँच जना सञ्चालक निर्वाचित गर्ने प्रस्तावमाथि छलफल गर्नेछ।

त्यस्तै बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि ५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीकाे कात्तिक १८ गते काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा दसौँ वार्षिक साधारणसभा बस्नेछ। सभामा बोनस सेयर वितरण, चुक्ता पुँजीको अनुपातमा हकप्रद शेयर जारी गर्ने, वित्तीय विवरण पारित गर्ने तथा अन्य प्रस्तावमाथि छलफल हुनेछ।

प्रकाशित मिति : October 26, 2026 at 12:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/