१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मृगौला पीडितलाई जीतु नेपाल (मुन्द्रे) ले आर्थिक सहयोग गरे

१७ फागुन, काठमाडौं  । कलाकार जीतु नेपाल ‘मुन्द्रे’ले मृगौला पीडितलाई अार्थीक सहयाेग गरेका छन् ।  सिन्धुपाल्चोक घर भएका  मृगौला पीडित २२ वर्षीय आशिष धमला जसकाे नेपालमा घरजग्गा केही छैन उनलार्ए जितु नेपालले २५ हजार नगद रुपैयाँ सहयोग गरेका हुन् ।

जितुले उक्त सहयोग आफ्नो कमेडी शोमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् । शोमा निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि १० हजार रुपैयाँ सहयोग गरेकी छन् । शुक्रबार साँझ प्रसारण भएको शोमा यो सहयोग घोषणा गरिएको हो ।

पीडित धमलाले युवा अवस्थामा दुवै मृगौला फेल भएका कारण बचाउनको लागि सहयोगको याचना गरिरहेकी छन् । धमलाको अवस्था देखेर आफूहरुले सानो रकम सहयोग गरेको कलाकार जीतु नेपालले बताए

प्रकाशित मिति : March 3, 2019 at 6:01 pm