तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
५ कात्तिक, काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेकाे निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौँ उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन्।प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।

यस्तै सशस्त्र प्रहरीबाट सञ्चालित दुई वटा बसले अष्टमी, नवमी र दशमीका दिन गरी दुई हजार १७९ यात्रुलाई काठमाडौँ उपत्यकामा निःशुल्क सवारी सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
प्रकाशित मिति : October 22, 2026 at 12:26 pm










