७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय

१९ फागुन, काठमाडाैँ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेकाे हाे । पूर्वमन्त्री अधिकारीको शनिबार राति ८२ वर्षकाे उमेरमा  हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।


भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए ।

 

प्रकाशित मिति : 13:35