२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

लाभांश पारित गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न

२५ असोज, काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज २३ गते शुक्रबार सम्पन्न सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांस लगायत सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न उक्त सभामा बैंक सञ्चालक समितिका सदस्यहरु बन्धु प्रसाद बाँस्तोला, सुरेन्द्र राज रेग्मी, दिपक कुमार अग्रवाल, विशाल उप्रेती, डा. मनिष थापा र अनिता रायमाझी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी लगायत शेयरधनीहरु तथा सम्बन्धित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालले बैंकले समिक्षा अवधिसम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनी महानुभावहरुलाई जानकारी गराएका थिए ।

साधारण सभामा उपस्थित शेयरधनीहरूले बैंकको व्यावसायिक गतिविधि, लगानीकर्ताको प्रतिफल वृद्धि, संस्थागत सुशासन, पारदर्शिता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई आगामी दिनमा थप सबल वित्तीय संस्थाको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै आआफ्ना रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : October 11, 2026 at 2:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/