परराष्ट्र सचिव राय र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता
२३ असोज, काठमाडौं । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा आज उनीहरूबीच शिष्टाचार भेट भएको हो ।

भेटवार्ताका क्रममा उनीहरूबीच आपसी हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।भेटका क्रममा नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप गहिरो र सुदृढ बनाउने उपायबारे पनि छलफल भएको जनाइएको छ ।
प्रकाशित मिति : October 9, 2026 at 4:00 pm






