२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मुक्तिनाथ क्यापिटलद्वारा रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२३ असोज, काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा मुक्तिनाथ क्यापिटल लिमिटेडले चाबहिल स्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूमा धितोपत्र तथा पुँजी बजार सम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले असोज २३ गते आयोजित उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा धितोपत्र व्यवसायी अन्तर्गत मर्चेन्ट बैंकरका गतिविधिहरु, शेयर लगानीका आधारभूत विषय, लगानीमा हुने जोखिम व्यवस्थापन तथा सुरक्षित लगानीका अभ्यासहरूबारे जानकारी प्रदान गरिएको थियो।

प्रकाशित मिति : October 9, 2026 at 3:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/