दशैं बिदामा काठमाडौँ जिल्ला अदालत खुल्ने, बिहान ११ देखि दिउँसो ३ बजेसम्म सेवा दिइने
२३ असोज, काठमाडौं । काठमाडौँ जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुला रहने भएको छ । अदालतले शुक्रबार सूचना जारी गर्दै असोज २५ देखि कात्तिक ८ गतेसम्म अदालत बन्द रहने भए पनि केही दिनबाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको हो ।

अदालतका अनुसार घटस्थापना, शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ । दशैं बिदामा अदालतबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने, जरुरी पक्राउ पुर्जी समर्थन गर्ने र सोही क्रममा उपस्थित अभियुक्तको म्याद थप गर्ने सेवा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : October 9, 2026 at 1:03 pm






