२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

शिक्षकलाई सवारी खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियतको प्रस्ताव

२३ असोज, काठमाडौं । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्। यस्तै, माध्यमिक तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न पाउनेछन्।

नियमावलीमा सवारी खरिदका लागि बैंकमार्फत लिइने वित्तीय सुविधाको लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सरकारले व्यहोर्ने प्रस्ताव छ। बाँकी २० प्रतिशत रकम भने शिक्षक आफैँले व्यवस्थापन गर्नुपर्नेछ। शिक्षक सेवामा बहाल रहेसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने व्यवस्था प्रस्ताव गरिएको हो।

प्रकाशित मिति : October 9, 2026 at 9:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/