२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

स्कुल बस भीरबाट खस्दा तीन जनाको मृत्यु

२३ असोज, कास्की । स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कास्कीकाे पोखरास्थित कालिका बोर्डिङ स्कुलको बस दुर्घटना दुई  विद्यार्थीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित विजयपुर सैनिक ब्यारेकबाट केही उत्तरतर्फ माझथाना नजिक स्कुल बस दुर्घटना भएको जिसीले बताए ।

‘ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । बस भीरबाट डेढ–दुई सय मिटर तल खसेको हो । उद्धार जारी छ’, जिसीले भने ।

 

 

प्रकाशित मिति : October 9, 2026 at 9:39 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/