२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

आजदेखि दसैँको अग्रिम टिकट खुला, रातिदेखि नै यात्रुको लाइन

२३ असोज, काठमाडौं । दसैँको अग्रिम टिकट खुलेको छ। सरकारले दसैँमा घर जानका लागि आजदेखि अग्रिम बस टिकट खुला गरेका हो। यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको थियो।

 नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले हिजो राति ९ः०० बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिए। मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु रातिदेखि नै नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताए। दसैँको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ।

प्रकाशित मिति : October 9, 2026 at 9:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/