बिरामी बोकेर चितवन आउँदै गरेको एम्बुलेन्स खोलाले बगायो
२१ असोज, काठमाडौं । पर्साको ठोरी गाउँपालिका- ४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ। आज बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको हाे ।

एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल रहेको बताइएको छ।
प्रकाशित मिति : October 7, 2026 at 1:55 pm






