२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

उच्च अदालतका चार न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस

२० असोज, काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएकाहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।

पाण्डे उच्च अदालत, पाटनको हेटौंडा इजलासका न्यायाधीश हुन् भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुन्। त्यस्तै, डाँगी यसअघि उच्च अदालत, जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश हुन्।

न्यायाधीशमा सिफारिश चारै जनाको अब संसदीय सुनुवाइको प्रक्रिया अगाडि बढ्नेछ। संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनीहरू सर्वोच्च अदालतमा नियुक्त हुनेछन्।

प्रकाशित मिति : October 6, 2026 at 8:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/