२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि ४ जनाको नाम सर्टलिस्टमा

२० असोज, काठमाडौं।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि छनोट प्रक्रिया अगाडि बढेको छ। नेप्सेको सीईओ छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा पदपूर्तिका लागि आवेदन दिएका ८ जना उम्मेदवारमध्येबाट ४ जनालाई संक्षिप्त सूची (सर्टलिस्ट) मा समावेश गरेको छ। समितिले आज एक सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको मिति र समय सार्वजनिक गरेको हो।

सर्टलिस्टमा परेका उम्मेदवारहरूमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदी रहेका छन् ।  अन्तर्वार्ता र प्रस्तुतीकरणको तालिकास् छनोट समितिले तोकेअनुसार चारैजना उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरण आगामी असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ

अनिल राज पौडेलकाे बिहान ७:०० बजे, नवराज सापकोटाकाे बिहान ८:०० बजे, नारायण प्रसाद सापकोटाकाे साँझ ५:३० बजे र प्रताप सुवेदीकाे साँझ ६:३० बजे रहेकाे छ । समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै अन्तर्वार्ता स्थलमा उपस्थित हुन निर्देशन दिएको छ।

प्रकाशित मिति : October 6, 2026 at 10:41 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/