दसैँको अग्रिम टिकट बुकिङबारे मंगलबार छलफल
१९ असोज, काठमाडौं । दसैंलाई अग्रिम टिकट बुकिङका सम्बन्धमा यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ । विभागले मंगलबार बिहान अग्रिम टिकट बुकिङबारे छलफल गर्न बैठक राखेको हो ।
विभागले सोमबार एक पत्र जारी गर्दै चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र बाहिरी जिल्लाहरूबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउन अग्रिम टिकट बुकिङबारे निर्णय गर्न सरोकारवालाहरूलाई आमन्त्रण गरेको हो ।

यातायात व्यवस्था विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाकी अधिकृत प्रतिमा ढकालद्वारा हस्ताक्षरित पत्रअनुसार उक्त बैठक असोज २० गते मंगलबार दिनको ११ बजे विभागको मीनभवनस्थित सभा हलमा बस्ने तय भएको छ ।

प्रकाशित मिति : October 5, 2026 at 2:03 pm






