एनएलजी इन्स्योरेन्सको सीईओमा पन्त पुनः नियुक्त
१९ असोज, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुनिल बल्लभ पन्त नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको संचालक समितिले असोज २४ गतेदेखि लागू हुने गरी पुनः नियुक्ति गर्ने निर्णय गरको हो । उनको कार्यकाल असोज २३ गते सकिदैछ ।
प्रकाशित मिति : October 5, 2026 at 12:24 pm






