१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न

१८ असोज,काठमाडौं । नेपाली आमसञ्चार उद्योगको पहिलो र अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

विगतका वर्षका कृति अवार्ड्सको क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा एजेन्सीहरूलाई अवार्ड्सका मापदण्ड र अन्य प्रशासनिक विषयहरूमा जानकारी दिनका लागि आयोजना गरिने गरिएको यस प्रकारको कार्यक्रमलाई यस वर्ष गैर–सदस्य एजेन्सीहरूलाई समेत संलग्न गरी यस अवार्ड्सको गरिमा र छविलाई थप उचाइमा पुर्‍याउने मुख्य उद्देश्यका साथ ‘कृति कनेक्ट’को रूपमा भव्यताका साथ आयोजना गरिएको हो।

‘क्रियटिभिटी कनेक्ट, ह्वेर इट अल स्टार्ट्स’ नाराका साथ आयोजित यस कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचारहरू, ऊर्जा र सम्बन्धहरूलाई सुदृढ पार्ने विभिन्न गतिविधिहरू सञ्चालन गरिएका थिए। कार्यक्रममा नेपाली विज्ञापन उद्योगका प्रतिष्ठित व्यक्तित्वहरूले कृति अवार्ड्सका विविध पक्षहरूमा प्रकाश पारेका थिए।

आनका पूर्व अध्यक्ष तथा कृति अवार्ड्सका सुरुवातकर्ता भास्कर राज राजकर्णिकारले अवार्ड्सको उद्देश्य र उपादेयताका साथै आनका वर्तमान प्रथम उपाध्यक्ष उज्वल शाक्यले यस वर्ष हुन गइरहेको कृति अवार्ड्सको १३औँ शृंखलाका विविध विषयका बारेमा प्रकाश पारे।

त्यसैगरी हालसम्म सबैभन्दा धेरै कृति अवार्ड्स विजेता मेकवेज प्रालिका प्रमुख विधान राजभण्डारीले अवार्ड्स हात पार्न गर्नुपर्ने तयारी तथा प्रस्तुतिकरणका बारेमा सहभागीहरूलाई जानकारी दिए। कार्यक्रममा नेपाली विज्ञापन उद्योगका समसामयिक विषय र सिर्जनात्मक बजारीकरणका आयामहरूमा केन्द्रित रहेर एक छलफल समेत सञ्चालन गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई धन्यवाद दिँदै यस किसिमका कार्यक्रमले नेपालको विज्ञापन तथा ब्रान्डिङ उद्योगलाई थप एकताबद्ध बनाउन, पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिनुभएको कुरा आनका अध्यक्ष सुदीप थापाले बताए।

रेड बुल मुख्य प्रायोजनमा यस वर्ष हुन गइरहेको कृति अवार्ड्सको १३औँ शृंखलालाई रेड बुल १३औँ कृति अवार्ड्स २०८३ मा इन्फ्लुएन्सर एजेन्सी इनमार्क इन्डिया एन्ड एसोसिएट्स तथा जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेशनल कलेज पावर्डबाईका प्रायोजक रहेका छन् भने एनसेल, प्राइम टाइल्स लगायत अन्य प्रतिष्ठित ब्रान्डहरू सपोर्टेड बाई प्रायोजक रहेका छन्।

प्रकाशित मिति : October 4, 2026 at 5:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/