१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

टेक्नो स्मार्टफोन खरिदमा ५ लाखको सुनको चंगा जित्ने अवसर, बडादशैँलक्षित विशेष फेस्टिभ क्याम्पेन सुरु

१८ असोज, काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर स्मार्टफोन ब्रान्ड ‘टेक्नो’ (TECNO) ले नेपाली ग्राहकहरूका लागि आकर्षक फेस्टिभ अफर सार्वजनिक गरेको छ। कम्पनीले “टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा” नामक चाडपर्व विशेष योजना ल्याएको हो।

यो योजना अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म देशभर लागू हुनेछ। यस अवधिभर जुनसुकै मोडेलको टेक्नो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लाखौँ रुपैयाँ मूल्य बराबरका सुन तथा चाँदीका चंगा र सिक्का जित्न सक्ने कम्पनीले जनाएको छ।

कसरी सहभागी हुने ?
नेपालभरका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट टेक्नो स्मार्टफोन खरिद गरेपछि ग्राहकले त्यहाँ उपलब्ध अफरको क्यूआर (QR) कोड स्क्यान गर्नुपर्नेछ। खुल्ने वेबसाइटमा आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना र खरिद गरिएको फोनको आइएमइआई (IMEI) नम्बर दाखिला गरी सबमिट गरेपछि ग्राहक योजनामा सहभागी हुन सक्नेछन्।

उपहार योजनाका विशेषता:

१. तत्काल उपहार (डिजिटल स्क्र्याच कुपन): विवरण दर्ता गर्नासाथ मोबाइल स्क्रिनमा देखिने डिजिटल स्क्र्याच कुपन स्क्र्याच गरी भाग्यशाली ग्राहकले तत्कालै ३० हजार रुपैयाँ बराबरको चाँदीको चंगा वा ५ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का जित्न सक्नेछन्।

२. बम्पर उपहार (लक्की ड्र): डिजिटल कुपनमा तत्काल उपहार परेका वा नपरेका सबै सहभागीहरू स्वतः बम्पर लक्की ड्रमा सामेल हुनेछन्। क्याम्पेनको अन्त्यमा हुने लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले रु. ५ लाख मूल्य बराबरको ‘सुनको चंगा’ प्राप्त गर्नेछन्।

टेक्नोका नेपाल र भारतका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरिजित तालापात्राले चाडपर्वको खुसीलाई थप विशेष बनाउन र नेपाली ग्राहकहरूले देखाएको माया तथा विश्वासप्रति आभार व्यक्त गर्न यो योजना ल्याइएको बताएका छन्।

मजबुत बनावट, उत्कृष्ट नेटवर्क, टिकाउ ब्याट्री, सुलभ मूल्य तथा हरेक स्मार्टफोनमा १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टीका कारण नेपाली बजारमा टेक्नो ब्रान्ड रुचाइँदै आएको कम्पनीले उल्लेख गरेको छ।

प्रकाशित मिति : October 4, 2026 at 11:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/