१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

लक्ष्मीसनराइज बैंकको ठगीविरूद्ध मुद्दा

१५ असोज, काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मासहित चार जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएको छ। पर्सा जिल्ला अदालतमा अञ्जली इन्टरनेसनलले दायर गरेको मुद्दामा तत्कालीन सनराइज बैंकका सीईओसहित तीन जना कर्मचारीलाई प्रतिवादी बनाइएको हो।

तत्कालीन सनराइजका  नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीविरुद्ध मुद्दा दायर भएको हो। अभियोगपत्रअनुसार अञ्जली इन्टरनेसनलले व्यवसाय विस्तारका लागि थप कर्जा माग गरेपछि तत्कालीन सनराइज बैंकबाट ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भएको थियो। तर स्वीकृत कर्जाको सुरक्षणका लागि करिब ८९ लाख रुपैयाँ बराबरको थप धितो समेत राखिएको आरोप छ।

अञ्जली इन्टरनेसनलकी सञ्चालक निर्मला देवीका छोरा सुनिल कुमार साह तेलीको नाममा रहेको बाराको अमावस्यास्थित कित्ता नम्बर २९९ को जग्गा बैंकको पक्षमा धितोबन्धक गरिएको अभियोगपत्रमा उल्लेख छ। कर्जा स्वीकृत भएपछि बैंकले धितो रोक्का राखी लिलामी प्रक्रियासमेत अघि बढाएको तर कर्जा रकम भने उपलब्ध नगराएको दाबी अभियोगपत्रमा गरिएको छ।

प्रकाशित मिति : October 1, 2026 at 4:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/