१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

चालु संसद् अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

१५ असोज, काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ । गत मंगलबारको मन्त्रिपरिषद बैठकले असोज १६ गते चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ । संघीय संसद्को चालु अधिवेशन गत वैशाख २८ गतेबाट सुरु भएको थियो । त्यसता अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट र अध्यादेश प्रतिस्थापनका विधेयक पारित तथा प्रमाणीकरण गरेको थियो ।

प्रकाशित मिति : October 1, 2026 at 10:31 am