टेकु अस्पतालका स्वास्थ्यकर्मी माथि मध्यरातमा दूर्व्यवहार, गार्ड कुटिए
१४ असोज, काठमाडौँ । मध्यरातमा सहिद शुक्रबार ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार भएको छ । सोही क्रममा सुरक्षाकर्मी (गार्ड) कुटिएका छन । ग्रीन भ्यू पोइन्ट रिसोर्टको कारमा चढेर अस्पतालको आकस्मिक कक्षामा राति करिब १ बजेको असापासमा पुगेका युवाहरूले स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्दै गार्डलाई कुटपिट गरेका हुन ।
युवाहरूले स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्दै गार्डलाई कुटपिट गरेका भिडियो समेत बाहिरिएको छ । प्रहरीले मध्यरातमा कुटपिट गर्ने युवाहरू मध्येबाट एक जना सचिन बुढाथोकी र कुटाइ खाने गार्ड कैलाश ढकाललाई पक्राउ गरेको छ । प्रहरीले बुढाथोकीले गार्डसँग झगडा गरेको अभियोग लगाएको छ भने ढकालले मदिरा सेवन गरी सेवाग्राहीसँग झगडा गरेको अभियोग लगाएको छ ।

अस्पताल प्रशासनले भने कुटपिटमा संलग्न रहेका दुई जनाको मापसे चेक गर्नुपर्नेमा प्रहरीले नगरेको बताएको छ । सीसीटीभी फुटेज हेर्दा उनीहरू तीनै जना मध्यरातमा हल्लिदै अस्पतालको आकस्मिक कक्षामा प्रवेश गरेको देखिन्छ । समूहका अर्का रामकुमार बुढाथोकी समेत रहेका थिए । उनको उपचारमा अन्य दुई जना त्यहाँ पुगेका थिए ।
प्रकाशित मिति : September 30, 2026 at 1:22 pm




