१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

आइतबार एघार अर्बको ट्रेजरी जारी हुँदै

१७ फागुन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आइतबार रु ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्ने भएको हो ।

बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिनसम्मका लागि बहाल रहने गरी ट्रेजरी बिल बिक्री गर्न लागेको र त्यसको परिमाणसमेत छुट्याएको छ । यसअघि बैंकले यही फागुन १३ गते पनि रु दुई अर्ब २३ करोड बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार २१:३७