१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

पोखरा फाइनान्सका ग्राहकलाई जेनस अस्पतालमा २० प्रतिशत छुट

१३ असोज, काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल -८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा लि मा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन् ।

सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले जेनस अस्पतालमा उपचार तथा स्वास्थ्यसम्बन्धी सेवा निँदा पोखरा फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा उपलब्ध सबै सेवामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका खातावालाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ । पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सीआईएसलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : September 29, 2026 at 4:15 pm