चोलेन्द्र प्रकरणमा मानव अधिकार आयोगले एसएसपी खड्कासँग लियो बयान
१३ असोज, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन्। आइतबार दिउँसो अनुगमनका क्रममा गएका आयोगका पदाधिकारीलाई प्रवेश नदिइएको घटनामा एसएसपी खड्काले आयोग पुगेर बयान दिएका हुन्।

आयोगले सोमबार पत्राचार गर्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउबारे बुझ्न उनलाई बोलाएको थियो । आयोगको पत्राचारपछि खड्का आयोगको कार्यालयमा पुगेका हुन् ।
प्रकाशित मिति : September 29, 2026 at 2:20 pm




