१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

दुई दिन सर्यो कांग्रेस महाधिवेशन, असोज १८ गते खुल्लामञ्चमा उद्घाटन हुने

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन दुई दिन सरेको छ। असोज १६ गते महाधिवेशन उद्घाटन गर्ने तय भएकोमा अब असोज १८ गते पुर्याइएको हो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे जानकारी दिएका हुन्।

‘नेपाली कांग्रेस १५ औं महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन् ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै बीचमा देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ । यस परिस्थितिलाई मध्येनजर गरी १५ औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ः०० बजे खुलामञ्चमा हुने जानकारी गराइन्छ ।’

प्रकाशित मिति : September 29, 2026 at 1:42 pm