प्रधानमन्त्री शाहले गरे भारतीय राजदूतसँग बिदाइ भेट
१३ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय राजदूत नविन श्रीवास्तवसँग बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री शाहले केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजदूत श्रीवास्तवसँग बिदाइ भेट गरेका हुन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गरे । पछिल्लो पटक रसुवा बाढी लगायतका विपद्मा भारतले देखाएको सहयोगप्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद ज्ञापन गरे ।
साथै, नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले भूमिका खेलेकोप्रति पनि धन्यवाद ज्ञापन गरे । आफ्नो कार्यकाल सकेर राजदूत श्रीवास्तव केही दिनमा फर्कंदैछन् ।
प्रकाशित मिति : September 29, 2026 at 1:32 pm




