नारायणीले क्रुज बगायो
११ असाेज, नवलपुर । नारायणी नदीमा आएको बहावले पूर्वी नवलपरासीको गैँडाकोटस्थित होटल रिभर क्राउनको पानीजहाज (क्रुज) बगाएको छ ।
असोज ११ गते साँझ करिब ५ः४० बजे गैँडाकोट नगरपालिका–२ बोटेटोलस्थित किनारबाट नदीले पानीजहाज बगाएको हो ।
नदीले बगाएको पानीजहाज केही तल पुगेपछि सोही स्थाननजिक रहेको नारायणी नदीको पुलमा अड्किएको प्रहरीले जनाएको छ । पानीजहाज पुलको पूर्वी नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागबीच अड्किएको अवस्थामा रहेको छ ।

घटनापछि पानीजहाजको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म, पूर्वी नवलपरासी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
प्रकाशित मिति : September 27, 2026 at 7:44 pm




