टक्सार पिखुवाखोला हाइड्रोपावरले बाेलायाे साधारण सभा
९ असोज, काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ८ गते बसेको संचालक समितिको बैठकले असोज ३० गते रामालय इभेन्ट भेन्यु, बाँसबारी काठमाडौंमा बिहान ११ सभा बाेलाएकाे हाे । सभामा कम्पनीले अन्य कम्पनीहरूमा लगानी गर्न सहजताको लागि होल्डिङ कम्पनीमा परिणत गर्नको लागि कम्पनीको नाम परिवर्तन गर्ने तथा सोही अनुसार प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्न विशेष प्रस्ताव परित गर्ने गर्ने मुख्य एजेण्डा रहेको छ ।
त्यस्तै, आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । साथै सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरि पारित गर्नेछ ।

यसबाहेक आ.व.२०८३/०८४ को लागि लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, आ.व.२०८२/०८३ मा सञ्चालक समितिबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने, अन्य नयाँ परियोजनाहरूको पहिचान गरी लगानी गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व हुने गरी ३ (तीन) जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व हुने गरी २ (दुई) जना सञ्चालकहरूको निर्वाचन एवं अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एकदिनका लागि बुकक्लोज गर्ने भएकाे छ । यसकाे अर्थ असोज १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन पाउनेछन ।
प्रकाशित मिति : September 25, 2026 at 12:36 pm




