९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

कान्तिलोकपथको तीन स्थानमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध

९ असोज, काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्डको तीन ठाउँमा पहिरो खसेको छ । ललितपुर प्रहरीका अनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यद्यपि, मकवानपुरतर्फको कान्तिलोकपथ सडकखण्ड भने हालसम्म कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : September 25, 2026 at 9:26 am