नारायणगढ-मुग्लिन सडकमा आज राति ८ बजेदेखि सवारी चलाउन रोक
८ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै प्रशासनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन बन्द गरेको हाे ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ।

प्रकाशित मिति : September 24, 2026 at 4:13 pm




