ताप्लेजुङको दोभान बजारमा आगलागी
८ असोज, काठमाडौं । ताप्लेजुङमा भीषण आगलागी भएको छ। बिहीबार दिउँसो मेरिङदेन गाउँपालिका-३ दोभानमा भीषण आगलागी भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार आगलागीबाट १० वटा घर जलेका छन्। आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। करिब ५० घरधुरी सहितको बाक्लो बस्तिमा के कारण आगलागी भयो भन्ने यकिन भएको छैन।
प्रकाशित मिति : September 24, 2026 at 3:09 pm




