लाभांश पारित गर्न विकास हाइड्रोपावरले बोलायो साधारण सभा
८ असोज, काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २९ गते होटल स्मार्ट दरबार, धुम्बाराही, काठमाडौंमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक विवरण स्वीकृत गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छन्।

यस्तै, सञ्चालक समितिबाट भएका निर्णय तथा कामकारबाही अनुमोदन, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित र सञ्चालक समितिका सदस्यको भत्ता तथा सुविधा अनुमोदन गर्ने प्रस्ताव पनि रहेका छन्।त्यस्तै, बोनस सेयर जारी गरी पुँजी वृद्धि गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा आवश्यकताअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावसमेत विशेष एजेन्डामा समावेश गरिएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : September 24, 2026 at 9:24 am




